काठमाडौँ – आज बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थप गर्न सिफारिस गरेको छ ।
आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक भोलि मंगलबार बस्ने भएको छ।
यस अघि जारी निषेधाज्ञा बैशाख २९ बुधवार राति १२ बजेबाट गते सकिँदैछ ।





