काठमाडौँ- नेकपा एमालेको माधव कुमार नेपाल पक्ष समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको बैठकमा माधव नेपाल समूहका सांसदले तत्काल पदबाट राजीनामा पनि नदिने निर्णय गरेका छन् ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो कडा दम्भ, अहंकार र गैर जिम्मेवार शब्दहरुको एउटा गुच्छाको रुपमा उहाँले वक्तव्य जारी गर्नु भयो यसबाट उहाँ देशलाई राजनीतिक स्थायित्व, पार्टीलाई स्थिरता दिदै जाने भन्दा पार्टीलाई विभाजित गर्ने, देशमा लथालिङ्ग, भताभुङ्ग बनाउने तिर लग्नु भएको हुनाले विश्वासको मत दिन नसकिने निर्णय गरेको एमाले नेता भिम रावलले बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय पनि नेपाल समूह बैठकले गरेको छ।