थप ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टी, ८८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ८ सय ५० जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १८ हजार ७ सय ८७ पिसिआर परिक्षणबाट ८ हजार ७ सय ७७ जना र ५  सय ६  एन्टीजेनबाट ७३ गरी कुल ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

२४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १ सय ९८ जनामा संक्रमण पुष्टी भएको छ

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ४ हजार २२ जना निको भएका छन् ।

नेपालमा सक्रिय संक्रमित ८८ हजार  १ सय ६० रहेका छन् ।

Published On:  3164पटक हेरिएको

तपाईको प्रतिक्रिया