काठमाडौं । महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य घट्न थालेको छ । पछिल्लो समय अस्वभाविक बढिरहेको यो सस्थाको शेयर मूल्य आइतबार यो समाचार तयार पार्दासम्म ४ सय ६ रूपैयाँले घटेर ४६ सय २४ आइपुगेको हो । यसअघि यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ हजार ३० थियो । शेयर मूल्य घटेपनि यो संस्थाको शेयर बेन्चे भन्दा किन्नेको संख्या बढि छ ।