काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई मन्त्रालयको सिफारिस विना भरी सिलिण्डर अक्सिजन ग्यास विक्री नगर्न अक्सिजन उद्योगहरुलाई पत्राचार गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन ईकाई, स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले शनिवार विज्ञप्ति जारी गर्दै धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको जनाएको छ ।






