काठमाडौँ- आगामी जेठ ६ गते हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा राम बहादुर थापा ‘बादल’ र डा. खिमलाल देवकोटाको भिडन्त हुने भएकाे छ ।
बुधबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि एमालेको तर्फबाट राम बहादुर थापा ‘बादल’, बिपक्षी दलबाट डा. खिमलाल देवकोटा र नेमकिपाबाट कृष्ण बहादुर तामाङ्गको उम्मेदवारी दर्ता भएकाे हो ।
डा. खिमलाल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा नेपालको उपेन्द्र यादव पक्षको साझा उम्मेदवार का रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।


उम्मेदवारी दर्ताको लागि बिहान १० देखि दिउँसो ४ बजेसम्म समय तोकिएको निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
माओबादी केन्द्र परित्याग गरी एमालेमा लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ।





