गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि २७ गते मतदान

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि बैशाख २७ गते मतदान हुने भएको छ। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक तय गरेको हो ।

गत बैशाख १५ गते गुरुङविरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुदै गर्दा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्क विहीन भएपछि स्थगित भएको थियो ।  जनमोर्चाकी सचेतक पियारी थापाले बैठक रोक्न माग गर्दै निवेदन दिएपछि सभामुखले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

 

तपाईको प्रतिक्रिया