काठमाडौँ- प्रधानमन्त्री केपी ओलीले विश्वासको मत दिएर सहयोग गर्नु भन्ने प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।
बुधबार देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा ओलीले विश्वासको मत दिनआग्रह गरेका थिए । तर सभापति देउवाले विश्वासको मत दिन नसक्ने बताएका थिए ।
छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । भने काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।
बैशाख २७ मा विश्वासको मत लिने तयारी गरेका ओलीले एकाएक देउवा संग छलफल गरेका हुन् ।