८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ६ सय ५० जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार ७ सय ५६ पिसिआर परिक्षणबाट ८ हजार ६ सय ५ जना र ६ सय १६ एन्टीजेनबाट ५४ गरी कुल ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १९ सय ९३  जना निको भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ६६ हजार ३ सय ५२ रहेको छ ।

तपाईको प्रतिक्रिया