लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले दिए राजीनामा

काठमाडौँ- लुम्बिनी प्रदेशका एमालेका प्रदेश सांसद अमरबहादुर डाँगीले बुधबार राजीनामा दिएका छन् ।

डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले बताएका छन् । उनले राजीनामा पत्रमा उनले राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण देखाएका छन्। डाँगी दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।

तपाईको प्रतिक्रिया