काठमाडौँ- नेपालका राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) को ‘प्लेयर अफ दि मन्थ’ को मनोनित भएका छन्।
आईसीसीले बुधबार सार्वजनिक गरेको “प्लेयर अफ दि मन्थ” अप्रिल महिनाको लागि पुरुषतर्फको उत्कृष्ट खेलाडीमा भुर्तेल सहित पाकिस्तानका फखर जमान र बाबर अजामलाई मनोनयनमा राखेको हो।
नेपालका कुशल भुर्तेलले यहि महिनामा भएको त्रिकोणात्मक टी-२० सिरिजमार्फत टी-२० मा डेब्यू गरेका थिए।। उनले सिरिजमा २७८ रन बनाएका थिए । उनले नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सिरिजमा लगातार तीन अर्धशतक बनाएका थिए । उनले कुल ५ खेलमा चार अर्धशतक बनाए ।
कुशललाई भोटिङ गर्नका लागि आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल दर्ता गरी भोट गर्न सकिन्छ।