माओबादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो (पत्रसहित)

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

बुधबार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको औपचारिकपत्र संघीय संसद सचिवालयमा बुझाएको हो।

माओबादीको समर्थन फिर्ता पछी सरकार अल्पमतमा परेको हो । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिँदैछन् ।

“सर्वोच्च अदालतको फागुन २३ को निर्णय पश्चात ३० दिनभित्र विश्वासको मत लिनुपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएकाले माओवादी केन्द्रको निर्णय र नेकपा माओवादी संघीय संसदीय दलको निर्णयअनुसार प्रम केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजैका मितिदेखि लागु हुनेगरी फिर्ता लिएको जानकारी गराउँछु” पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया