कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु, ७६ सय ६० संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७६ सय ६० जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १६ हजार १ सय ३१  पिसिआर परिक्षणबाट ७५ सय ८७ जना र ५  सय ७१ एन्टीजेनबाट ७३ गरी कुल ७६ सय ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १७ हजार  ७५ जना निको भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ५९ हजार ७ सय  ८९ रहेको छ ।

Published On:  449पटक हेरिएको

तपाईको प्रतिक्रिया