उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई, अत्यावश्यक खाद्य सामग्रीका पसल बिहान ७–९ बजेसम्म मात्र खोल्न पाईने

काठमाडौँ- काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरेको छ ।  गत बैशाख २२ गते राती १२ बजे देखि लागू हुने  जारी निषेधाज्ञा बैशाख २९ गते सम्म थप भएको हो।

मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले बैंक, संचारगृह, अत्यावश्यक खाद्य सामग्रीका पसल तथा व्यवसाय आदि संचालनको नियममा परिवर्तन गरेको छ ।

यस अघि बिहान १० बजे सम्म र साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइएको निर्णय यो पटक सच्चाईएको छ । अबदेखि बिहान ७–९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ निर्णय गरेको छ । भौतिक दुरी कायम गरी समान खरिद गर्ने भनिएको छ।

सरकारी कार्यालय र कर्मचारीको सम्बन्धमा मन्त्रालय विभागको हकमा ४० प्रतिशतमात्र कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ, कर्मचारीको हकमा परिचयपत्रको आधारमा आवतजावत गर्न पाईने ।

बैंक तथा वितिय संस्थाहरुका शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ ।

पत्रकार तथा सञ्चारकर्मीको हकमा सूचना विभागबाट जारी गरिएको प्रेस पास देखाएर आवतजावत गर्न सक्नेछन् । प्रेस पास नहुने कर्मचारीको हकमा मिडिया हाउसले अन्य कर्मचारी जो नखटाई नहुने को हकमा  न्युनतम कर्मचारी राखेर संचालन गर्ने,  सोको विवरण  जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ । अत्यावश्यक बाहेक पास जारी नगर्ने निर्णय गरेको छ ।

उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाए मात्र जान पाइनेछ ।

 

Published On:  190पटक हेरिएको

तपाईको प्रतिक्रिया