आज पनि बढ्यो सिंगटी हाइड्रोको शेयर मूल्य, किन्नेको माग बढी

काठमाडौँ- सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्य निरन्तर उकालो लागेको छ। गत बुधबार सिंगटीको प्रतिकित्ता शेयर ३०० मा उच्चतम मूल्यमा प्री-ओपनिङ्ग भएको थियो ।

आज कम्पनीको शेयर मूल्य रु. ४८१ मा कारोबार भएको छ ।  निरन्तर सकारात्मक सर्किट लाग्दै आएको शेयरमा आज पनि ९.८२ अर्थात् ४३ ले बृद्दि भएको हो ।

कम्पनीको शेयर खरिद गर्ने खरिदकर्ताको माग बढिरहेको छ ।

एसएचइएल (SHEL) संकेतबाट सिंगटी हाइड्रो इनर्जीको कारोबार भईरहेको छ। सिंगटीले चैत्र ६ गते देखि १० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।

कम्पनीले २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो भने बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।

भाग्यमानी २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाएका थिए।

 

 

Published On:  209पटक हेरिएको

तपाईको प्रतिक्रिया