के डोनाल्ड ट्रम्पले फेरी फेसबुक चलाउन पाउँछन् त ?

एजेन्सी । फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि लगाइएको प्रतिबन्ध हटाउने या जारी राख्ने भन्नेबारे बुधबार अन्तिम निर्णय सुनउने भएको छ । ट्रम्पको फेसबुक र इस्टाग्राम अकाउन्ट हटाइएका सम्बन्धी सर्वसाधारणबाट ९ हजार बढी प्रतिक्रिया प्राप्त गरेको फेसबुक बोर्डले बुधवार निर्णय सुनाउने भएको हो ।

गएको जनवरी ६ का दिन अमेरिकी संसदमा भएको हिंसात्मक आक्रमणलाई उक्साएको मामिलामा ट्रम्पलाई सबै प्रमुख सामाजिक सञ्जाल ट्विटर, फेसबुक, इस्टाग्राम, युट्युब र स्न्यापच्याटसमेतले सधैँका लागि प्रतिबन्ध लगाए पनि फेसबुकले निर्णय उल्ट्याउने वा यथावत राख्ने बारे निर्णय लिने छ ।

Published On:  368पटक हेरिएको

तपाईको प्रतिक्रिया