काठमाडौं । नेपाली महिला उद्यमी सम्झना खनालले कर्मकाण्ड सहित नेपाली संस्कृतिसँग सम्बद्ध सामाग्रीको व्यवसाय अमेरिकाबाट थालनी गरेकी छन् । अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी नेपाली संस्कार अनुसारको कर्मकाण्डका सहित श्रृगार र संस्कृति सम्बद्ध सबै सामग्रीको प्याकेजको बिक्री शुरु गरिएको हो ।
खरखरे डट कम नामक अनलाइन साइटबाट सामान अर्डर गरेसँगै अमेरिकामा घरघरमा सामग्रीको प्याकेज पु¥याइने छ । यस साइटबाट कर्मकाण्डका लागि आवश्यक जनै, सुपारी, दुना, टपरी आँप, चाँफ पीपलको पात, बाजा, तामाका भाडा, श्रृगारका सामान चुरा पोते, ज्वलेरीका अन्र्तगत नेपाली गहना, सुक्का खाने कुरा लगायतका सामाग्री उपलब्ध गराइने छ ।