नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त  प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

सोमबार सरकारको सिफारिसमा गण्डकी प्रदेशका लागि सीता पौडेल र सुदूरपश्चिम प्रदेशक लागि गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । आजै राष्ट्रपति भण्डारीले उनीहरुको शपथ गराएकी हुन् ।

यस अघि अमिक शेरचन गण्डकीमा र शर्मिला कुमारी पन्त  सुदूरपश्चिममा प्रदेशका प्रमुख थिए, उनीहरुलाई पनि आजै  मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी हुन् ।

 

 

Published On:  138पटक हेरिएको

तपाईको प्रतिक्रिया