सबै अस्पतालले प्रयोग भएको र नभएको शैयाको विवरण दैनिक मन्त्रालयलाई पठाउनुपर्ने

काठमाडौँ- सबै अस्पतालले प्रयोग भएको र नभएको शैयाको दैनिक विवरण मन्त्रालयलाई पठाउनुपर्ने छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै सबै सरकारी तथा निजि अस्पतालले आफुसंग उपलब्ध शैया र ति मध्ये प्रयोग भएका र नभएका सबै शैयाको दैनिक विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अध्यावधिक गर्ने बताएका छन् ।

कुनै अस्पतालले विवरण पुरा नपठाई शैया लुकाएको भेटिएमा कारवाही गर्ने पनि जानकारी दिएका छन् ।

प्रदेश र राजधानीमा एक हजार शश्याको अस्थायी अस्पताल बनाउन नेपाली सेनालाई जिम्मा दिइएको पनि उनले बताए ।

 

Published On:  126पटक हेरिएको

तपाईको प्रतिक्रिया