काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ हजार ४ सय ४८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १६ हजार ६ सय ५८ पिसिआर परिक्षणबाट ७३ सय ८८ जना र ५ सय १८ एन्टीजेनबाट ६० गरी कुल ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ हजार २१ जना निको भएका छन् ।
नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ५४ हजार ४१ रहेको छ ।





