माच्छापुच्छ्रे बैंकको गम्भीर लापरवाही, पाँच दिनदेखि सबै सेवा अवरूद्ध, राष्ट बैंक मुखदर्शक

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘‘क’’ बर्गको मान्यता पाएको माच्छापुच्छ्रे  बैंकको ५ दिनदेखि सबै सेवा अवरूद्ध हुँदा लाखौं सेवाग्राही मर्कामा परेका छन् । बैंकले स्टिम अपग्रेड भन्दै पाँच दिनदेखि सेवा अवरूद्ध पर्दा पनि राष्ट्र बैंक केही बोलेको छैन । बैंकको सेवा अवरूद्ध हुँदा बचत रकम झिक्न, चेक सटही, मोवाइल र इन्टरनेट बैंक, डिम्याट खाता र आइपीएस कक्नेट लगायतका सबै सेवा ठप्प भएका छन् ।

बैंकले गएको बिहीबार स्टिम अपटेडका लागि आइतबार विहान ६ बजेसम्म सेवा नचल्ने भनेकोमा आइतबारदेखि पनि सेवा सञ्चालन हुन सकेन । आइतबार विहान पुन सूचना निकालेर २ बजेदेखि ५ बजेसम्म सेवा सुचारू हुने भनिएपनि बैंक सेवाग्रहीलाई सेवा दिन सकेन । बैंक सेवा कहिले सुचारू हुन्छ भन्नेमा बैंक आफै स्पष्ट छैन ।

बैंकले सेवा अवरूद्धको अपूर्ण जानकारी मात्र राष्ट्र बैंकलाई गराएको छ । उसले अन्य सेवा अवरूद्ध भएपनि मोवाइल र एसएमएस चलेको भनेर राष्ट्र बैंकलाई झुटो विवरण दिएको छ । बैंकको चरम लापरवाहीको विषयमा सबै कुरा अवगत भएपनि राष्ट्र बैंक आखाँ चिम्लेर बसेको छ ।

Published On:  414पटक हेरिएको

तपाईको प्रतिक्रिया