स्वास्थ्य आपतकाल घोषणा गर्न न्यायका लागि मानवअधिकार नामक संस्थाको माग

काठमाडौँ- न्यायका लागि मानवअधिकार नामक संस्थाले स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेको छ ।

विश्वव्यापी रुपमा दुतगतीमा फैलिरहेको कोभिड–१९ भाइरसको दोस्रो लहरको प्रकोप नेपालमा समेत गम्भिर रुपमा असर पुर्याउँदै फैलिरहेको र दैनिक हजारौं संक्रमित संख्या थपिदै भाइरसको कारण नागरिकहरु ज्यान गुमाउँदै गइरहेको अवस्थामा नागरिकको स्वास्थ्य उपचारमा सरकार तथा सरोकारवाला निकायहरु उदासिन भइरहेको र कतिपय अवस्थामा विरामीले उपचार अभावको कारण ज्यान गुमाइरहनु परेको प्रति सञ्जालका संयोजक इन्द्र प्रसाद अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

“नागरिकको ज्यू ज्यानको रक्षाका लागी तुरुन्त स्वास्थ्य आपतकाल घोषणा गर्दै निजि स्वास्थ्य संस्थाहरुलाई समेत न्यूनतम शुल्कमा संक्रमितहरुको उपचारको लागी उत्तरदायी बनाउँदै सम्पूर्ण सरोकारवाला निकायहरुलाई नेपालको संविधानले ब्यवस्था गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकको सम्मान गर्न र भिडभाड आवत जावतमा नागरीकले समेत आफ्नो कर्तव्य निर्वाह गर्न यो संजाल गम्भिर अनुरोध गर्दछ ।” बिज्ञप्तिमा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया