शनिबार ५ हजार ७ सय ६३ जना संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार ७ सय ६३ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार ४ सय ३  पिसिआर परिक्षणबाट ५७ सय ६ जना र ५  सय ६६ एन्टीजेनबाट ५७ गरी कुल ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख्या ३ लाख २८ हजार ८ सय ९३ जना पुगेका छन् भने ३ हजार २ सय ९८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १२ सय ८७ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म निको हुनेमा २ लाख ८२ हजार ३ सय ८२ जना रहेका छन् ।

नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ४३ हजार २ सय १३ रहेको छ ।

तपाईको प्रतिक्रिया