भारतमा एकै दिन ४ लाख बढीमा संक्रमण पुष्टी, ३५ सय बढीको मृत्यु

एजेन्सी- भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ९ सय ९३ जनामा कोरोना भाईरस (कोभिड१९) संक्रमण पुष्टी भएको छ भने ३५ सय २३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा यो  एकै दिन भएको उच्च संक्रमणको नयाँ रेकर्ड हो।

१ करोड ९१ लाख ६४ हजार ९६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २ लाख ११ हजार ८ सय ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा ३२ लाख ६८ हजार ७ सय १० सक्रिय संक्रमित रहेको भारतको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

Published On:  191पटक हेरिएको

तपाईको प्रतिक्रिया