आजबाट सीईडीबीको आईपीओ निष्कासन, कसरी र कति कित्ता आवेदन दिंदा ठिक?

काठमाडौँ-  सीईडीबी हाईड्रोपावर कम्पनि लिमिटेडको साधारण सेयर (आईपीओ) आजबाट निस्काशन शुरु भएको छ । सर्वसाधारणले आजबाट बैशाख २१ गते सम्म आवेदन दिन सक्ने छन् । यो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । जस मध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिंदा ठिक? 

धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिनुपर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा २३ लाख ४१ हजार ९४५ कित्ता शेयर निष्काशन गरेको छ । यसमा नियम अनुसार २ लाख ३४ हजार  १ सय ९४ जना आवेदकले मात्र दश कित्ता शेयर पाउने छन् । यस अगाडी आईपीओमा धेरै गुणा आवेदन परेको देखिंदा यस कम्पनिको आईपीओमा दश कित्ता मात्र आवेदन दिँदा ठीक हुन्छ।

कसरी दिने आवेदन

आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ ।

यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा आफ्नो बैंक खाता भएको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।

तपाईको प्रतिक्रिया