सिंगटी हाइड्रोको शेयर दोस्रो बजारमा कारोवार, कति पायो ओपनिङ्ग रेन्ज?

काठमाडौँ- सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर कारोबार आज बुधबारबाट दोस्रो बजारमा पहिलो कारोबार भएको छ।

पहिलो दिन बुधबार सिंगटीको प्रतिकित्ता शेयर ३०० मा प्री-ओपनिङ्ग भएको थियो। केहि समयमा सकारात्मक सर्किट पनि ३० रुपयाँले बढेर ३३० रुपयाँमा कारोबार भईरहेको छ । कम्पनीको सुरुआती कारोबारका लागि नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँ रेन्ज तोकेको थियो।

एसएचइएल (SHEL) संकेतबाट सिंगटी हाइड्रो इनर्जीको कारोबार हुनेछ।

सिंगटीले चैत्र ६ गते देखि १० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।

तपाईको प्रतिक्रिया