बैशाख ११, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा ढलेकोबाट र त्यस संग सम्बन्धित दुर्घटनामा जीवन गुमाउने परिवारका एक जनालाई प्राथमिकताको आधारमा रोजगारी उपलब्ध गराउने बताएका छन्।
प्रधानमन्त्री ओलीले धरहरा ढल्दा जीवन गुमाउने परिवारका एक सदस्यलाई यहाँ सिर्जना हुने कामका अवसरहरुमा प्राथमिकताको आधारमा रोजगार उपलब्ध गराउने जानकारी दिएका छन् । “जसलाई यहाँ काम पुग्दैन, कामको प्रकृति मिल्दैन उहाँहरुलाई अर्कै ठाउँमा भए पनि व्यवस्था गर्छौं । ”
प्रधानमन्त्री ओलीले २०७२ बैशाख १२ गते धरहरा चढेर अवलोकन गर्ने क्रममा भूकम्पले धरहरा भत्किँदा बाँच्न सफल भएकी बल्खु काठमाडौंकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन् ।