ओलीले चालेका कदमहरु नसच्याए देशमा अस्थिरता र अराजकता मच्चिन्छ: भीम रावल

वैशाख १०, काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले चालेका कदमहरु नसच्याए देशमा अस्थिरता र अराजकता मच्चिने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाए ।

‘ओलीजी पार्टी फुटाएर जाँदैहुनुहुन्छ,’ रावलले भने,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं ।’उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे । कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए ।
नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको बताए । रावलले भने,‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’
कुनै व्यक्तिले हटाउँदैमाआफूहरुको सांसद पद नजाने जिकिर गरे । उनले सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पद मुक्त गर्न नसक्ने तर्क गरे । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन,’ओलीलाई चुनौती दिदै रावलले भने,‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्काहोस् ।’
विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपाएमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । उनले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे । उनले भने,‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं ।’
आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको बताए । उनले भने,‘अलग पार्टी चलाएको र संचालन गरेका छैनौं ।’

ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशनआयोजक कमिटीलाई अवैधानिक संज्ञा दिए । अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गर्दै सहभागी हुन नसक्ने बताए । उनले भने,‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचितअध्यक्ष हुनुहुन्छ भने हामीपनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं ।’

देशको सीमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाए । उनले भने,‘भारत र चीन जस्ता देश अवस्थित  भूराजनीतिक जटिलताका बीच रहेको देशमाओलीको गतिविधि घातक छ ।’

ओलीले कोरोना महामारीको बखत जनता घरभित्र बस्दा दल विभाजनको अध्यादेश ल्याउने देखि देशको राजनीतिलाई दुषितगर्न लागेको आरोप लगाए । उनले ओलीको राष्ट्रवाद माथि नै प्रश्न गरे ।
ओलीले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गराएर देशलाई बाह्य प्रभावमा पार्न खोजेको आरोप लगाए । एमसीसीलाई राष्ट्र हितविपरित भन्दै त्यसलाई रोक्न आफूहरु लागेको बताए ।

उनले भने,‘देश हितविपरित जान्न भनेर सभामुखले भन्नुभएको छ, उहाँलाई धन्यवाद छ ।’ देश हित विपरितका प्रावधान राखिएको र त्यसलाई हटाएमा मात्र एमसीसी संशोधन सहित पारित गर्ने पक्षमाआफूहरु रहेको स्पष्ट पारे ।

ओलीले एमसीसी नेपालको कानुनभन्दामाथि र प्रसारण लाइनमा अमेरिकीअधिकार स्थापितगर्ने प्रावधान राखेर पारित गर्न खोजेको आरोप लगाए । उनले भने,‘नेपालको संविधान भन्दा माथि एमसीसीमा उल्लेखित प्रावधान खतरनाक छ ।’एमसीसीको प्रावधान सच्चिनुपर्ने बताए ।

उनले भने,‘कसैको ५ अर्ब वार्षिक रकममा देशको अस्मिता लुट्न दिन मिल्छ ?’ सुनको आसनमा बस्न दिएर आमाको अस्मिता लुट्न छुट दिए जस्तै स्वीकार्य नहुने बताए ।
देशलाई अफगानिस्तान र सिरियाको अवस्थामालाने शैली स्वीकार्य नभएको बताए । एमसीसीमा भएका देश हितविपरितको प्रावधान नहटाए सम्झौता रद्द गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया