एमालेको ‌नयाँ स्थायी कमिटी नेपाल-खनाल समूह समावेस भएन

बैशाख १०, काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका छन् । बैठकमा नेपाल- खनाल समुहको उपस्थिति थिएन ।

समितिमा पुर्व माओबादीका चार नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्टलाई पनि स्थायी कमिटीमा समोवश गरिएको छ साथै बामदेव गौतम बैठकमा उपस्थिति नभए पनि समावेस गरिएको छ।

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटीमा झलनाथ खनाल र वरिस्ठ नेता माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल उपाध्यक्ष, घनश्याम भूसाल उपमहासचिव र गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई सचिव, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल स्थायी कमिटी सदस्य थिए । अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा पनि पदेन स्थायी कमिटी सदस्य, रघुजी पन्त पनि स्थायी कमिटीमा थिए । अहिले उनीहरु कसैलाई पनि स्थायी कमिटीमा राखिएको छैन ।

 

तपाईको प्रतिक्रिया