देशभर २५ सय ५९ जनामा संक्रमण पुष्टी, ५ जनाको मृत्यु

बैशाख १०, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २५ सय ५९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ७ सय ९८  पिसिआर परिक्षणबाट २४ सय ३९ जना र ८६६ एन्टीजेनबाट ११० गरी कुल २५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ जना पुगेका छन् भने ३ हजार १ सय २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ४ सय १० जना निको भएर घर फर्किएका छन् । अहिले सम्म निको हुनेमा २ लाख ७६ हजार ७ सय ५५ रहेका छन् ।

नेपालमा सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ७ सय २४ रहेको छ ।

तपाईको प्रतिक्रिया