प्रधानमन्त्री ओलीले गरे नेकपा एमाले पार्टी कार्यालय शिलान्यास

बैशाख ९, काठमाडौँ- प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान नेकपा एमाले पार्टी कार्यालय भवन शिलान्यास गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर बिहीबार बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका हुन्।

एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । १३ रोपनी क्षेत्रफलमा फैलिने कार्यालय देशभरका कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतीक हुने जनाएको छ।

विसं २०५१ मा बनेको एमाले कार्यालय २०७२ सालको भूकम्पले भत्किएको थियो । अब बन्ने कार्यालय  भूकम्प प्रतिरोधि हुने यो नेपालका राजनीतिक पार्टीका केन्दीय कार्यालयमध्ये सबै भन्दा अत्याधुनिक हुने जानकारी पनि कार्यक्रममा दिइयो।

बल्खुमा नयाँ भवन तयार नहुन्जेल पार्टी कार्यालय अब थापाथलीबाट सन्चालन गर्नेका लागी भाडामा लिइएको र उक्त   कार्यालयको पनि आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया