माक्स नलगाएको व्यक्तिलाई सवारी साधन चड्न निषेध, बसमा सेनिटाइजरको व्यवस्था अनिवार्य

जेनिस श्रेष्ठ

बैशाख ७, काठमाडौँ-  जिल्ला प्रशासन कार्यालय काठमाडौंले माक्स नलगाएको व्यक्तिलाई सवारी साधन चड्न निषेध गर्न आग्रह गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यस्तो अपिल गरेको हो ।

मास्क नलगाई बसमा गएमा यात्रुले १० रुपैयाँ तिरेर सहचालकसँग मास्क किन्नुपर्ने नियम प्रशासनले लागू गरेको छ । सवारी साधनको ढोका र साधन भित्र सेनीटाइजरको व्यवस्था गर्न आग्रह गरेको छ । साथै लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्य देखि अन्तिम गन्तव्य सम्म यातायात संचालन गर्न त्यसको विवरण जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र काठमाडौँलाई जानकारी गराउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया