एकै दिन १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टी, ११ को मृत्यु

जेनिस श्रेष्ठ

बैशाख ७, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ७ सय ३६ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ५५ पिसिआर परिक्षणबाट १ हजार ६ सय ६७ जना र ६ सय ८३ एन्टीजेनबाट ६७ गरी कुल १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख्या २ लाख ८७ हजार ५ सय  ६७ जना पुगेका छन् भने ३ हजार १ सय २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ सय ५१ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ८ हजार ६ सय ५९ रहेको छ ।

 

तपाईको प्रतिक्रिया