असोक सापकोटा
बैशाख ७, पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले विवाह, ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड प्रयोग गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिइ २५ जना मात्र सहभागी हुने गरी गर्नुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, विरगञ्ज महानगरपालिका भित्रका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलाई) बैशाख मसान्तसम्म बन्द गरी भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।
अत्यावश्यक परम्परागत धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला नहुन आग्रह गरेको छ ।