असोक सापकोटा
बैशाख ७, काठमाडौँ- कोरोना बिरुद्ध पहिलो चरणमा खोप लगाएकाहरुलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो चरणको खोप लगाउन सुरु भएको छ ।
गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो चरणको खोप लगाउन लागिएको हो ।
गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइँदैछ ।
खोप कहिले र कहाँ लगाउन सकिन्छ?