सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, धार्मिक क्रियाकलापमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ६ काठमाडौँ-सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको छ । यदि मास्क नलगाए बढीमा १० रुपैयाँमा मास्क दिनुपर्ने गर्ने निर्णय गरेको छ ।

सरकारले अत्यावश्यक धार्मिक, संस्कृति, परम्परागत क्रियाकलापमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । मेला, महोत्सव, जात्रा, पर्व, मलामी विवाह, ब्रतबन्ध, जस्ता  क्रियाकलाप तथा चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।

विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया