बैशाख ६, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १२ सय ८१ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७००१ पिसिआर परिक्षणबाट १२ सय २७ जना र ५७४ एन्टीजेनबाट ५४ गरी कुल १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ सय ५५ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ७ हजार २ सय ५४ रहेको छ ।