पर्सा जिल्ला प्रशासनले आकस्मिक बाहेक अरु सेवा आलोपालो प्रवाह गर्ने

बैशाख ६, पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार देखि आकस्मिक बाहेक अरु सेवा आलोपालो प्रवाह गर्ने भएको छ।

बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले सेवा प्रवाह सम्बन्धमा बिशेष सुचना जारि गरेको हो ।

मंगलबारदेखि लागु हुने शान्ति सुरक्षा मुद्दा तथा अत्यवश्यक सेवा बाहेक अरु कामकाजलाई आलोपालो मिलाएकोे छ । जस अनुसार स्थानीय तहको हकमा आइतबार र सोमबार कालिकामाई ,जगरनाथपूर , ठोरी , पकाहामैनपूर , सखुवाप्रसौनी , छिपहरमाई ,धोबिनी र पटेर्वासुगौलि गाउँपालिका कामकाज हुनेछ ।

त्यस्तै मगलबार र बुधबार विन्दवासिनी गाउँपालिका र पोखरिया ,बहुदरमाई ,पर्सागढी नगरपालिकाको कामकाज हुनेछ ।

यसैगरी बिहिबार र शुक्रबार बिरगंज महानगरपालिकाको कामकाज हुने सहायक प्रमुख जिल्ला अधिकारि ध्रुव गिरीले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया