लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस-माओवादीले दर्ता गराए अविश्वासको प्रस्ताव

बैशाख ६, लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध कांग्रेस-माओवादीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभाका ४१ सांसदको हस्ताक्षर सहित  अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेश सभामा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।

तपाईको प्रतिक्रिया