बैशाख ६, काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन अन्त्यको गरेको घोषणा गरेकी छिन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित गरेको पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’ उल्लेख गरेको छ ।