शहरी क्षेत्रका विद्यालयहरुमा भौतिक कक्षा सञ्चालन बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

बैशाख ६, काठमाडौँ- सरकारले शहरी क्षेत्रका विद्यालयहरुमा बैशाख मसान्तसम्म भौतिक कक्षा सञ्चालन बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षा सञ्चालन बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न निर्णय गरेको छ।

सीसीएमसीको शनिबार सिंहदरबारमा बसेको बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्नका लागि मन्त्रिपरिषद्‌समक्ष सिफारिस गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्लाहरु काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने जानकारी दिईएको छ।

तपाईको प्रतिक्रिया