बैशाख ५ , काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी बालबालिकाको स्वास्थ्यको अधिकार प्रति सचेत रहँदै सुनिश्चित गर्न आग्रह गरेका छन् ।
“बालबालिकाको स्वास्थ्यको अधिकार प्रति सचेत रहँदैपठनपाठनको वैकल्पिक व्यवस्था गर्न, बालबालिकाको जीवनको अधिकारको ख्याल गर्दै शिक्षा प्राप्तिको अधिकार सुनिच्चित गर्न, विद्यालय सञ्चालन गर्ने गराउने विषयमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा मन्त्रालयबाटै परस्पर विरोधाभाषपूर्ण सूचना सम्प्रेषण नगर्न, अभिभावक र विद्यार्थीहरूमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नुहुँदैन, स्वास्थ्यको विषयमा स्वास्थ्य मन्त्रालयको राय, सल्लाह, अनुरोध वा सूचना बमोजिम गर्न र स्वास्थ्य जस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिई व्यवहार गर्न, गराउन नेपाल सरकार तथा सम्बन्धित पक्षलाई आयोग आग्रह गर्दछ ।”