एकै दिन १ हजार ९६ संक्रमित थपिए, काठमाडौँ उपत्यकामा मात्र ४३५

बैशाख ५, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ९६ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ५०८४ पिसिआर परिक्षणबाट १ हजार १५ जना र ६९९ एन्टीजेनबाट ८१ गरी कुल १ हजार ९६  जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ सय ६२ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ६ हजार २ सय ९० रहेको छ ।

 

तपाईको प्रतिक्रिया