गृहमन्त्री बादलको संसद पद गुम्यो

बैशाख ५, काठमाडौँ- नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित गृहमन्त्री रामबहादुर थापा “बादल” को सांसद पद गुमेको छ ।

सर्वोच्चको फागुन २३ को फैसलापछि थापा माओबादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए । उनि माओबादी केन्द्रबाट नफर्केपछी नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले पार्टी परित्याग गरेको जानकारी पत्र संसद सचिवालयमा दर्ता गरेको थियो ।

माओवादी केन्द्रले सांसदबाट हटाउन भनी बुझाएको पत्र आइतबार संघीय संसद् सचिवालयले स्वीकृत गरेको हो ।

बादल राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया