शेयर बजारमा बढ्दो आर्कषण, ६ महिनाकै अवधिमा दोब्बर भन्दा बढि डिम्याट खाता खुले

काठमाडौं । बजारमा नेपाल इन्फ्रास्टकचर बैंक आइपियो जारी हुनुभन्दा अघि शेयर बजारमा डिम्याट खाता हुने जम्मा १५ लाखको हाराहारीमा थिए ।

निफ्राले माघमा हालसम्मकै ठूलो झण्डै ८ अर्वको आइपियो जारी गरेपछि यसलाई केन्द्रीत गर्दै डिम्याट खाता खोल्नेको संख्या दिन दुई गुणा रात चौगुणा बढ्न पुग्यो । अझ भनौ शेयर बजारमा निफ्राले यस्तो लहर ल्यायो कि धेरै मानिस डिम्याट खाता खोल्न आर्कषित भए । अझ निफ्राको शेयर बजारमा आएपछि अर्को उछाल आयो लगातर ७ दिनसम्म सर्किट ब्रेक लगाएको निफ्राको शेयर मुल्य दोस्रो बजारमा ७ सय सम्म करोबार भयो । ५० कितासम्म माग्ने सबैलाई सोही बमोजिम र बाँकी झण्डै ५ लाखले ६० कित्ता पाएको निफ्राको बजार हल्लाले डिम्याट खाता खोल्ने अझै थपिदै गए । हुनत शेयर मार्केटमा निफ्राकै कारणमा मात्र रूचि राख्ने थपिएका होइनन् ।

यसअघि नै शेयर बजारमा नयाँ खालको लहर आइसकेको थियो । मात्र निफ्राले त्यसलाई थप सघाउ पु¥यायो । अर्थतन्त्रमा कोभिडको नकरात्मक असर र संकुचन लगायत राजनीतिक अनिश्चितताको माहोलकाबीच हाल नेप्से परिसूचक र कारोबार रकममा समेत उछाल आएको देखिन्छ । आम लगानीकर्ता सेयर बजारमा लगानी गर्न उत्साहित भएका छन् । सेयर बजारमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिने लगानीकर्ताको मनोविज्ञान पनि यतिबेला सकारात्मक देखिएको छ । खासगरी नयाँ अर्थमन्त्री विष्णु पौडेलको आगमन पश्चातको छोटो अवधिमा मात्रै नेप्से परिसूचक बढेको देख्निछ ।

सेयर बजारमा सुक्ष्म तथा प्रारम्भिक ज्ञान ज्ञात भएका र नभएका दुवै किसीमाका मानिसहरुको सेयर बजारमा आर्कषण देखिन्छ । प्राइमरी र सेकेण्डरी मार्केटमा सेयर कारोबार गर्न डिम्याट खाता अनिवार्य हुन्छ । त्यहिभएर आजकाल डिम्याटकोलागि मानिसहरुको थामी नसक्नु भीड हुने गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एकल स्वामित्वमा रहेको सीडिएस एण्ड क्लेरिङ लिमिटेडका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ३३ लाखको हाराहारीमा पुगेको छ ।

तपाईको प्रतिक्रिया