काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘‘प्रचण्ड’’ र एमाले बरिष्ठ नेता माधव नेपाल समूह एक ठाउँ हुने संकेत गरिरहेका छन् । पार्टी भित्र बलियो पक्कड हुँदा–हुँदै पनि नवौ महाधिवेशनमा झिनो मतान्तर केपी ओलीसँग पराजित नेपाल त्यही बेलादेखि ओलीसँग रूष्ट रहँदै आएका छन् । अदालतले तत्कालीन नेकपा एमाले र मओवादी केन्द्र मिली बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज हुनुअघि पनि माधव नेपाल ओलीसँग त्यति रिसिएका थिए जति प्रचण्ड थिएनन् । विगतदेखि नै ओली विरूद्ध नेपाल कठोर देखिन्छन् । एमालले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउने फागुन २३ निर्णयपछि एमाले पार्टीमा आफ्नो सम्माजनक हैसियत हुने आंकलन गरेको नेपाल समूहलाई ओलीले एकपछि अर्को डण्डा चलाउँदै गएपछि अब झुक्ने मनस्थितिमा छैन । बरू कसरी हुन्छ ओलीलाई कमजोर बनाउने गलाउने रणनीतिमा छ ।
नेपका छदादेखि नै माधव नेपाल र प्रचण्डवीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । दुवै पक्षले एक अर्काका विरूद्ध नबोल्ने सार्वजनिक प्रतिबद्धता जनाइसकेका छन् । ओलीसँग कठोर बनेका नेपाल प्रचण्डसँग भने पटक– पटक भेटवार्ता गरिसकेका छन् । नेपाल समूहले ओली सच्चिन तयार नभए सबै बामपन्थी शक्तिलाई समेटेर नयाँ पार्टी खोल्ने सम्मको योजना सार्वजनिक गरिसकेको छ । यता माओवादी केन्द्र पनि दिन प्रतिदिन कमजोर बन्दै बनिरहेको छ । यस्तो अवस्थामा माधव नेपाल समूहलाई माओवादी केन्द्रको साथ र माओवादी केन्द्रलाई नेपाल समूहको साथ चाहिने आवश्यकता दुवैले गरिसकेका छन् ।
- पहिलो आधार : दुवै समूहका प्रतिक्रिया
हालसालै कर्णाली प्रदेश सम्पर्क समितिको काठमाडौंमा भएको भेलामा माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी चुनावमा मोर्चा बनाएर ओली नेतृत्वको एमालेलाई चौथो पार्टी बनाउने घोषणा मात्र गरेनन् । आफ्नो माधव नेपालसँग डिप लभ रहेको उद्घोष पनि गरे । यता माधव नेपाल समूहले स्थायी समिति सदस्यको बैठकबाट माओवादी सहितका बामपन्थी घटकसँग मिल्ने प्रतिक्रिया दिइसकेको छ ।
- दोस्रो आधार : माओवादी केन्द्रले संगठन विस्तार नगर्नु र नेपाल समूहले आक्रमक रूपमा समानान्तर कमिटी गठन गर्नु ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपनि माओवादी केन्द्रले अन्य दलसँग एकीकरण हुन सक्ने भन्दै आफ्ना संगठन विस्तार गरेको छैन । त्यस्तै यता माधव नेपाल समूहले पनि ओलीसँग मिलेर बस्ने अवस्था नरहेको बन्दै आक्रामक रूपमा समानान्तर कमिटी गठन गरिरहेका छन् । - तेस्रो आधार : सर्वोच्चको मुद्दामा पुनरावलकोनमा जानु
माओवादी केन्द्र सर्वोच्चको नेकपा खारेज गर्ने मुद्दाको पुनरावलोकन जानु्, यो आफैमा दुवै पक्ष मिल्नका लागि वातावरण तय गर्न चालिएको कदम थियो । यद्यपी सर्वोच्चले नेकपा खारेजको मुद्दा पुनरावलोकन नहुने भनिसकेको छ । - चौथो आधार : नियमित भेटघाट र परार्मश
माओवादी केन्द्रको स्थायी समिति बैठक चलिरहेका बेला एमाले नेता भीम रावल बैठकमा पुगेर प्रचण्डसँग सल्लाह गर्नु, माधव नेपाल र प्रचण्ड निरन्तर छलफलमा रहनुले दुवै मिल्छन् भन्ने कुरालाई थप पुष्टि गर्छ । - पाँचौ आधार : ओलीको एकलौटी
आफ्नो सत्ता बचाउँन गैर संवैधानिक रूपमा प्रतिनिधिसभाको विघटनसम्मको कदम चालेका ओलीले पार्टीमा अहिले आफ्ना विरोधीलाई कारवाहीको डण्डा चलाइरहेका छन् । ओलीले कारवाहीको यही सिलसिला जारी राखे माधव समूहले भोलीका दिनमा चुनाव टिकट समेत नपाउने देखेपछि नेपाल समूह यही अवस्था रहे पार्टीमा बसिरहने अवस्थामा छैन ।