शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

बैशाख ४, काठमाडौँ- कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको शनिबार सिंहदरबारमा बसेको बैठकले नयाँ भेरियन्ट भेटिएका ठाउँहरुका विद्यालय बन्द गर्नका लागि मन्त्रिपरिषद्‌समक्ष सिफारिस गरेको जानकारी दिएको छ ।

नयाँ भेरियन्ट भेटिएको र कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो।

नयाँ भेरियन्ट भेटिएको र धेरै संक्रमण फैलिएको ठाउँहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न प्रस्ताव आएको पनि जानकारी दिएका छन् ।

अन्य ठाउँको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरे अनुसार हुने बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया