शनिबार मात्रै ८९ बालबालिकामा संक्रमण पुष्टी

बैशाख ४, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८९  बालबालिकामा  कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १७ जना र १० देखि १९ वर्ष समूहका ७२ जना गरी जम्मा ८९ बालबालिका कोरोना संक्रमित भएका हुन् ।

तपाईको प्रतिक्रिया