बैशाख ४, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ सय ४३ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ५३३३ पिसिआर परिक्षणबाट ७६८ जना र ६७१ एन्टीजेनबाट ७५ गरी कुल ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५ जनाको मृत्यु भएको छ ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख ८३ हजार ६ सय ५८ जना पुगेका छन् भने ३ हजार ७५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ सय २६ जना निको भएर घर फर्किएका छन् भने आज सम्ममा कुल २ लाख ७५ हजार ३८ जना घर फर्केका छन् ।
नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ५ सय ४५ रहेको छ ।





