सर्वदलीय बैठक सम्पन्न: कोरोना जोखिम नियन्त्रण, उपनिर्वाचन र एमसीसीका बिषयमा छलफल

बैशाख ४, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा मुख्य ३ बिषयमा छलफल भएको परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् । कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका विषयमा छलफल भयो । त्यस्तै रिक्त स्थानमा उपनिर्वाचन र संसद्मा अड्किरहेका केहि बिजनेशहरुको बारेका छलफल भएको जानकारी बताएका छन् ।

कोरोना महामारीको बिषयमा सबै दलहरुको एउटै राय रहेको बताउदै ” खुल्ला सिमानाको कारण कोरोनाको उच्च जोखिम रहेको, खोपको सुनिश्चिता गरोस, हट स्पटहरुमा विधालयहरु बन्द गरेर भए पनि सरकारले कोरोना रोकथाममा अझ बढि सजगता अपनाओस भन्ने सबै दलको राय रह्यो” ज्ञवालीले भने”

विभिन्न रिक्त स्थानमा हुने उपनिर्वाचन बारेमा संवैधानिक व्यवस्था अनुसार निर्वाचार आयोगले तोकेको समयमा निर्वाचनमा सहभागी हुने र नेपाली कांग्रेसको भदौमा महाधिवेशन गर्नुपर्ने भएकोले त्यसलाई मध्यनजर गर्दै कार्यतालिका बनाउन सुझाव दिएको जानकारी गराएका छन् ।

अर्को संसदमा लामो समय देखि अड्किईरहेको एमसीसीका विषयमा रहेको बताउदै “एमसीसी पास गर्ने कि नगर्ने संसद्को अधिकार हो तर सभामुखले तजबिजी अधिकार प्रयोग गरेर लामो समय रोक्न मिल्दैन भन्ने साझा धारणा रह्यो भन्ने जानकारी दिएका छन् ।

आजको सर्वदलीय बैठकमा ओवादी केन्द्रको उपस्थित थिएन।

तपाईको प्रतिक्रिया